बीमा बजारमा नक्कली प्रमाणपत्र छ्यासछ्यास्ती, बीमा समितिले शैक्षिक योग्यता छानबिन गर्ने आँट गर्ला ? « Arthapath.com
२६ माघ २०७८, बुधबार

बीमा बजारमा नक्कली प्रमाणपत्र छ्यासछ्यास्ती, बीमा समितिले शैक्षिक योग्यता छानबिन गर्ने आँट गर्ला ?



काठमाडौँ । नेपालको सबैभन्दा पुरानो नेपाल इन्स्योरेन्समा अझै एक कर्मचारी नक्कली प्रमाणपत्रधारी रहेका छन् । नेपाल इन्स्योरेन्सले २ वर्ष अघिनै नक्कली प्रमाणपत्रधारी २ कर्मचारीलाई कम्पनीबाट बिदा गरिसकेको छ । त्यस्तै युनियन लाइफको मधेस प्रदेशमा कार्यरत नक्कली प्रमाणपत्रधारी एक कर्मचारी अझै काम गरिरहेका छन् । सगरमाथा इन्स्योरन्सले पनि केही महिना गण्डकी प्रदेशमा कार्यरत एक कर्मचारी नक्कली शैक्षिक योग्यताको प्रमाण पेस गरे जागिर खाने कर्मचारीलाई हटाइसकेको छ । 

यी त भए केही उदाहरण मात्र । बीमा कम्पनीमा अझै पनि २५ प्रतिशत कर्मचारी नक्कली प्रमाणपत्रधारी रहेका रिपोट बीमा विज्ञहरूले दिएका छन् । केही कम्पनीका सीईओलेनै घुमाउरो बाटोबाट विदेशी शैक्षिक प्रमाणपत्रको गलत व्याख्या गर्दै आफू योग्य भएको भन्दै नियामकलाई आर्थिक प्रलोभनमा पारेर जागिर खाइरहेका छन् । बीमा समितिले एक साता अघिमात्रै नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रबारे छानबिन गर्ने बताएपछि सबै बीमा कम्पनीहरूले आफ्ना कर्मचारीहरूको प्रमाणपत्र मागिरहेका छन् । 

विदेशी विश्वविद्यालयमा पढेर बीमामा जागिरे बनेका कतिपय कर्मचारीले बेला–बेलामा बीमा समितिले छानबिन गर्ने बताएपछि केही कर्मचारीहरूले आफैले राजीनामा दिने गरेका छन् । बीमा समितिले आज सबै बीमा कम्पनीहरुसंग शैक्षिक योग्यता सम्बन्धी विवरण मागेका छन् ।

बीमाका केही कर्मचारीहरुले भारतीय विश्वविद्यालयमा अध्यापन गरेको नक्कली प्रमाणपत्र ल्याएर अझै काम गरिरहेका छन् । सो नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएकाहरु अहिले प्रमोसनको समयमा विलख बन्धनमा परेका छन् । 

विदेशी विश्वविद्यालयमा पढेका कर्मचारीहरूले नेपालको राष्ट्रिय परीक्षा बोर्ड, त्रिभुवन विश्वविद्यालय वा अन्य विश्वविद्यालयसँग समकक्षता प्राप्त गर्नुपर्नेछ । शङ्का लागेको प्रमाणपत्र बारे कम्पनीले सम्बन्धित भारतीय विश्वविद्यालयसँग जवाफ माग्नेछ । कतिपयको जवाफ नआएपछि उनीहरूको शैक्षिक प्रमाणपत्र नक्कली भएको मानिनेछ । 


प्रतिक्रिया दिनुहोस्