नेशनल लाइफको ३९.०३ प्रतिशत नाफा घटेपनि बीमा शुल्क २४ प्रतिशत बढ्यो, जीवन बीमा कोष ४७.२१ अर्ब रुपैयाँ « Arthapath.com
२८ माघ २०७८, शुक्रबार

नेशनल लाइफको ३९.०३ प्रतिशत नाफा घटेपनि बीमा शुल्क २४ प्रतिशत बढ्यो, जीवन बीमा कोष ४७.२१ अर्ब रुपैयाँ



काठमाडौ. । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ३९.०३ प्रतिशत घटेर १४ करोड ४१ लाख ८६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २३ करोड ६५ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २४.०१ प्रतिशत ६ अर्ब ७९ करोड ७७ लाख ९२ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ४८ करोड १३ लाख २१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १० प्रतिशत बढेर ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार रुपैयाँ, जगेडा कोष १८.९३ प्रतिशत घटेर १ अर्ब १ करोड २२ लाख ६६ हजार रुपैयाँ, जीवन बीमा कोष २४.२० प्रतिशत ४७ अर्ब २१ करोड १२ लाख २५ हजार रुपैयाँ र महाविपत्ती कोष ३.२२ प्रतिशत बढेर ३१ करोड २३ लाख २१ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ५५.८६ प्रतिशत बढेर २ अर्ब ५६ करोड ८७ लाख रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ६४ करोड ८० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा अभिकर्ता कमिशन ७५ करोड ४१ लाख ३८ हजार रुपैयाँ र व्यवस्थापन खर्च ५१ करोड ५२ लाख ८८ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल बीमा शुल्क आर्जन ६ अर्ब ८० करोड २७ लाख रुपैयाँ र कुल दाबी भुक्तानी रकम २ अर्ब ६९ करोड ५० लाख ३८ हजार रुपैयाँ रहेको छ । कम्पनीको भुक्तानी हुन बाकी रकम ६१ करोड ४३ लाख ३७ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ५० पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १३९.०६ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १३०.२४ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्