सगरमाथा इन्स्योरेन्सका सीईओ क्षेत्रीको वार्षिक तलब ७९ लाख रुपैयाँ, एक वर्षमा ३२ लाख रुपैयाँ बढ्यो « Arthapath.com
२ जेष्ठ २०७९, सोमबार

सगरमाथा इन्स्योरेन्सका सीईओ क्षेत्रीको वार्षिक तलब ७९ लाख रुपैयाँ, एक वर्षमा ३२ लाख रुपैयाँ बढ्यो



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को वार्षिक तलब ७९ लाख भन्दा बढी रहेको छ । इन्स्योरेन्सका सीईओ चंङ्की क्षेत्रीले गत आर्थिक वर्ष २०७७।०७८ मा तलब भत्ता र अन्य सुविधा बापत ७९ लाख ३७ हजार २५ रुपैयाँ पारिश्रमिक बापत बुझेका हुन ।

क्षेत्रको तलब अघिल्लो आर्थिक वर्षको भन्दा बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७६।०७७ मा सीईओको वार्षिक तलब भत्ता र अन्य सुविधा बापत ४७ लाख ३४ हजार २८८ रुपैयाँ बुझेका थिए । अघिल्लो आर्थिक वर्षको अवधि भन्दा गत आर्थिक वर्षमा कम्पनीका सीईओ क्षेत्रको तलब ३२ लाख २ हजार ७३७ रुपैयाँ अर्थिक ६७.६४ प्रतिशतले बढेको हो ।

त्यस्तै कम्पनीको संचालनहरुले गत आर्थिक वर्ष २०७७।०७८ मा संचालक समितिको भत्ता बापत १२ लाख २२ हजार रुपैयाँ बुझेका छन् । अघिल्लो आर्थिक वर्ष २०७६।७७ मा भने ५ लाख ९८ हजार रुपैयाँ बैठक भत्ता वापत बुझेका थिए ।


प्रतिक्रिया दिनुहोस्