राष्ट्रिय बीमा निती बनाउन अर्थमन्त्रीसहित बीमा समितिका हाकिमहरु लाकुरीभञ्ज्याङमा « Arthapath.com
२८ जेष्ठ २०७९, शनिबार

राष्ट्रिय बीमा निती बनाउन अर्थमन्त्रीसहित बीमा समितिका हाकिमहरु लाकुरीभञ्ज्याङमा



काठमाडौं । बीमा समितिले बजेटमा आएको राष्ट्रिय बीमा नितीबारे सुटुक्क छलफल सुरु गरेको छ । अर्थमन्त्रालयबाट हट्ने चर्चामा रहेका मन्त्री जनार्दन शर्मालाई बोलाएर बीमा समितिले दुई दिने रिफ्रेसमेन्टसहितको छलफल आयोजना गरेको छ ।

बीमा समितिकै धेरै कर्मचारीलाई जानकारी नै नदिई अध्यक्ष शुर्यप्रसाद शिलवालले टेरिस रिसोर्ट लाकुरीभञ्ज्याङमा मन्त्री रिझाउन २ दिने छलफल आयोजना गरेको कर्मचारीहरुको आरोप छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा राष्ट्रिय बीमा निती बनाउने बताएसंगै सो बारे छलफल सुरु गरेको छ ।

बीमा समितिको आयोजनामा भएको २ दिने छलफलमा बीमा निती कस्तो हुानुपर्छ भन्ने विषयमा बीमा समितका निर्देशक शुसिलदेव सुवेदीले कार्यपत्र पेश गरेका थिए । छलफलमा अर्थसचिव मधुकुमार मरासैनी, राजश्व सचिव कृष्णहरी पुष्करसहितको टोली ललितपुरको लाकुरीभञ्ज्याङ पुगेका थिए ।

बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले बीमा निती थिएन सो बारे छलफल गर्न लागिएको बताए । उनले कार्यक्रममा अर्थमन्त्रालयका प्रतिनिधी, बमिा समितिका निर्देशकहरु, स्वास्थ्य उद्योग, कृषि शहरी विकास र कानुन मन्त्रालयका प्रतिनिधीहरुको सहभागीतामा छलफल भएको बताए ।

Tags :

प्रतिक्रिया दिनुहोस्