मर्जरपश्चात् यस्तो बन्नेछ सूर्या र ज्योति लाइफ इन्स्योरेन्स, कुन सूचकमा को बलियो ? « Arthapath.com
१३ असार २०७९, सोमबार

मर्जरपश्चात् यस्तो बन्नेछ सूर्या र ज्योति लाइफ इन्स्योरेन्स, कुन सूचकमा को बलियो ?



काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्जर सम्झौता भएको छ । आइतबार एक कार्यक्रमकाबीच दुवै कम्पनीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्रमा सूर्या लाइफका अध्यक्ष केशब प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा हस्ताक्षर गरिसकेकाले दुवै कम्पनीले सैद्धान्तिक सहमतिको लागि सम्झौतापत्र सहित बीमा समितिमा निवेदन दिने भएका छन् । साथै बीमा समितिबाट सैद्धान्तिक सहमतिपत्र प्राप्त भएपश्चात् डीडीएलगायत मर्जर सम्बन्धी अन्य कार्यहरु गर्ने भएका छन् ।

हाललाई मर्जर गर्ने सम्झौता भएपनि कति स्वाप रेसियोमा मर्ज हुने भन्ने एकिन भएको छैन् । बीमा समितिले स्वीकृति दिएपश्चात् मात्रै स्वाप रेसियो सम्वन्धी कार्य गर्ने भएको छ । तर हाललाई दुवै कम्पनी १ः१ स्वाप रेसियोमा मर्जर हुने हो भने चुक्ता पूँजी ४ अर्ब ९७ करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरणका आधारमा दुवै कम्पनी कुन सूचकमा कस्ता रहेका छन् भनि यहाँ उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्