सातै प्रदेशका लागि माग्यो आइएमई लाइफले ६७ जना ब्रान्च म्यानेजर, शैक्षिक योग्यता कति ? « Arthapath.com
१६ असार २०७९, बिहीबार

सातै प्रदेशका लागि माग्यो आइएमई लाइफले ६७ जना ब्रान्च म्यानेजर, शैक्षिक योग्यता कति ?



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले ७ वटै प्रदेशमा ६७ शाखाका लागि जना ब्रान्च म्यानेजर माग गरेको हो ।

इन्स्योरेन्सले प्रदेश १ मा १५ शाखा, मधेश प्रदेशमा ११ शाखा, बाग्मति प्रदेशमा १७ शाखा, गण्डकी प्रदेशमा ७ शाखा, लुम्बिनी प्रदेशमा ९ शाखा, कर्णाली प्रदेशमा ४ शाखा र सुदुरपश्चिम प्रदेशमा ४ शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको हो । जसका लागि शैक्षिक योग्यता स्नातक तह उत्तिर्ण गरेको तथा इन्स्योरेन्स र बैंक क्षेत्रमा अनुभव बटुलेको कर्मचारी माग गरेको हो ।

२३ वर्ष पुरा भइ ३५ वर्ष ननाघेको इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार ३१ गते भित्र इन्स्योरेन्सको इमेल [email protected] मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्