नेशनल लाईफले दियो २० लाख सहयोग « Arthapath.com
२६ भाद्र २०७९, आईतवार

नेशनल लाईफले दियो २० लाख सहयोग



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

कम्पनीले सुनकोसी गाउँपालिका क्षेत्रमा बसोवास गर्ने जनताले सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथे सामाजिक उत्तरदायित्व अन्तरगत सो सहयोग गरेको हो ।

सोही अवसरमा सुनकोशी गाउँपालिका र एक एक पाईला फाउण्डेसन बिचको सहकार्यमा संचालित एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालमा दाता सम्मान तथा अभिनन्दन कार्यक्रम पनि सम्पन्न भएको छ ।

कार्यक्रममा सुनकोशी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष कुमार शाही, फाउण्डेसनका अध्यक्ष डा. सुमन शम्सेर थापाको लगायत १५० जनाको सहभागिता रहेको थियो ।

उक्त परियोजनाबाट ठूलो संख्यामा सो क्षेत्र र आसपासका सर्व साधारण हरु लाभान्वित हुने अपेक्षा गरिएको छ । सो समारोहमा अस्पताल व्यवस्थापन बाट आर्थिक सहयोग प्रदान गरे वापत कम्पनीका उप कार्यकारी प्रमुख प्रताप मान श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्