नेशनल लाइफको ४७ अर्ब लगानी, घर जग्गा मात्रै ३६ करोड « Arthapath.com
३ कार्तिक २०७९, बिहीबार

नेशनल लाइफको ४७ अर्ब लगानी, घर जग्गा मात्रै ३६ करोड



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ कुल ४७ अर्ब रुपैयाँ बढी रकम लगानी गरेको छ ।

बीमा समितिले प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक लगानी विवरण अनुसार कम्पनीले कुल ४७ अर्ब १२ करोड ४६ लाख ७१ हजार रुपैयाँ लगानी गरेको हो ।

समितिको लगानी विवरणमा नेशनल लाइफले घर जग्गामा पनि लगानी गरेको भेटिएको हो । नेशनल लाइफले घर जग्गामा ३६ करोड २४ लाख ८४ हजार रुपैयाँ लगानी गरेको छ ।

समितिका अनुसार कम्पनीले वाणिज्य बैंकको मुद्दति निक्षेपमा भने ३५ अर्ब १३ करोड ५६ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै, नेशनल लाइफले नेपाल पूर्वाधार बैंकको मुद्दति निक्षेपमा ५ करोड, ख वर्गको बैंक तथा वित्तीय संस्थामा २ अर्ब २५ करोड ४५ लाख, ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा १३ करोड लगानी गरेको छ । कम्पनीले अन्य लगानीमध्ये संस्थापक सेयर तर्फ १ अर्ब १ करोड ९४ लाख ७१ हजार रुपैयाँ लगानी गरेको छ ।

नेशनल लाइफले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयर तर्फ ३६ करोड १८ लाख ५३ हजार, सुरक्षित डिबेन्चर तर्फ ७ अर्ब ६३ करोड ६३ लाख ३९ हजार, म्युचुअल फण्ड र नागरिक लगानी कोष तर्फ १७ करो ३६ लाख ७ हजार रुपैयाँ लगानी गरेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्