छुट्ला है एक कम्पनीको १५ प्रतिशत बोनस सेयर, सुरक्षित गर्ने भोलि अन्तिम मौका ! « Arthapath.com
६ मंसिर २०७९, मंगलवार

छुट्ला है एक कम्पनीको १५ प्रतिशत बोनस सेयर, सुरक्षित गर्ने भोलि अन्तिम मौका !



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम भोलि अर्थात मंसिर ७ गते अन्तिम मौका रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर ८ गते बिहीबार बुक क्लोज गर्ने भएको छ । जसका आधारामा मंसिर ७ गते बुधवार सम्म कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयाजनका लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश पारितका लागि कम्पनीले मंसिर १८ गते साधारण सभा बोलाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्