नेपाल लाइफको नाफामा छलाङ : २३७ प्रतिशतले बढ्यो, बीमा कोष पनि डेढ खर्ब बढी, अन्य सूचक कस्ता ? « Arthapath.com
२२ माघ २०७९, आईतवार

नेपाल लाइफको नाफामा छलाङ : २३७ प्रतिशतले बढ्यो, बीमा कोष पनि डेढ खर्ब बढी, अन्य सूचक कस्ता ?



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा ४४ करोड १ लाख ६० हजार रुपैयाँ खुद नाफा गरेको छ ।

जुन गत वर्षको पुस मसान्तसम्मको तुलनामा २३७.२९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीको खद नाफा १३ करोड ४ लाख ९९ हजार रुपैयाँ मात्र रहेको थियो ।

चालु आवको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जनमा भने १.६० प्रतिशतको बढोत्तरी देखिएको छ । सो अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १८ अर्ब ४० करोड रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ रहेको छ। कम्पनीले जगेडा तथा कोषमा भने ४८ करोड ४ लाख ४९ हजार रुपैयाँ राखेको छ।

कम्पनीले जीवन बीमा कोषमा १ खर्ब ५० अर्ब ८५ करोड ६४ लाख ८२ हजार रुपैयाँ, महाविपत्ति कोष जगेडामा ८३ करोड ३६ लाख ४९ हजार रुपैयाँ राखेको छ। सो अवधिमा कम्पनीको जीवन बीमा कोष र महाविपत्ति कोष क्रमशः २०.८४ प्रतिशत र १५.८२ प्रतिशतले वृद्धि भएको हो ।

सो अवधिमा कम्पनीले कुल ७ अर्ब ८२ करोड ७५ लाख ८३ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीले चालु आवको ६ महिनामा ४३ हाजर १४६ वटा दावी भुक्तानी गरेको जनाएको छ ।सो अवधिमा भुक्तानी हुन् बाँकी दावी रकम भने १ अर्ब १० करोड ३ लाख ११ हजार रुपैयाँ देखिएको छ ।

सो अवधिमा कम्पनीले १ अर्ब ५३ करोड ८० लाख ५१ हजार रुपैयाँ अभिकर्तालाई कमिशन दिएको छ । गत वर्षको सोही अवधिमा कम्पनीको तुलनामा भने कम्पनीको अभिकर्ता कमिशन भने कमी हो हो । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८४ करोड ४६ लाख ८२ हजार रुपैयाँ अभिकर्तालाई कमिशन दिएको थियो ।

चालु आवको ६ महिनामा कम्पनीको प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ १० पैसाले वृद्धि भईा १० रुपैयाँ ७३ पैसा पुगेको छ । सो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ १ पैसा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्