थप २८ लाख जीवन बीमालेख बिक्रीः लघु बीमालेख बिक्री दोब्बर वृद्धि, कस्तो चल्दै छ व्यवसाय ? « Arthapath.com
११ बैशाख २०८०, सोमबार

थप २८ लाख जीवन बीमालेख बिक्रीः लघु बीमालेख बिक्री दोब्बर वृद्धि, कस्तो चल्दै छ व्यवसाय ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमालेख बिक्री बढ्को छ । एक वर्षमै कम्पनीहरुले थप २८ लाख १३ हजार बढी जीवन बीमालेख बिक्री गरेका छनन् ।

संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको आठ महिनामा कुल १ करोड ४० लाख १ हजार ५७७ बीमालेख बिक्री गरेका छन् । जुन गत आवको फागुन मसान्तसम्मको तुलनामा २५.१५ प्रतिशतले बढी हो । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार गत आवको समिक्षा अवधिमा कम्पनीहरुले कुल १ करोड ११ लाख ८८ लाख ४२ वटा जीवन बीमा लेख बिक्री गरेको थिए ।

प्राधिकरणको तथ्याङ्कअनुसार चालु आवको आठ महिनामा कम्पनीहरुले कुल ९३ अर्ब ७२ करोड ५२ लाख ५१ हजार रुपैयाँ बीमा शुल्क उठाएका छन् । सो अवधिमा कम्पनीहरुले प्रथम बीमा शुल्क मार्फत १८ अर्ब ५२ करोड ४४ लाख ७२ हजार रुपैयाँ र नविकरण बीमाशुल्क मार्फत ७५ अर्ब २० करोड ७ लाख ७९ हजार रुपैयाँ संकलन गरेका छन् ।

कम्पनीहरुले फागुन मात्रै ९ लाख ८० हजार ५६० बीमालेख बिक्री गरेका छन् । सो बीमालेख बिक्री एक महिनामै १० अर्ब ३३ करोड ३८ लाख २७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यसमध्यै कम्पनीहरुको प्रथम बीमा शुल्क मार्फत २ अर्ब ६ करोड ७३ लाख रुपैयाँ र नविकरण बीमा शुल्क मार्फत ८ अर्ब २६ करोड ६५ लाख रुपैयाँ प्रिमियम उठाएका छन् ।

४१ लाख बढी लघु जीवन बीमालेख बिक्री, नयाँ कम्पनी आउने भएपछि व्यवसाय दोब्बर बढ्यो

चालु आवका आठ महिनामा जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले लघु जीवन बीमालेख सबैभन्दा धेरै बिक्री गरेका छन् ।

प्राधिकरणका अनुसार न्यूनतम मूल्यका लघुजीवन बीमालेख सबैभन्दा धेरै बिक्री भएको हो । समिक्षा अवधिमा ४१ लाख ५ हजार ७५५ वटा लघु जीवन बीमालेख बिक्री भएको छ । नयाँ लघुबीमा कम्पनीहरुले आउन भएपछि पुराना ठुला कम्पनीहरु व्यवसाय वृद्धिमा बल्ल तातिएका छन् । गत आवको फागुन मसान्तसम्ममा २० लाख ८० हजार ८११ वटा लघुजीवन बीमा बिक्री गरेका थिए । तर, कम्पनीले यस वर्षको समिक्षा अवधिमा भने दोब्बर वृद्धि अर्थात ६०० प्रतिशतले बढी हो । गत आवको समिक्षा अवधिको तुलनामा लघुबीमा व्यवसाय गर्ने जीवन बीमा कम्पनीहरुले थप २० लाख २४ हजार बीमालेख बिक्री गरेका छन् । यो गत आवको समिक्षा अवधिको तुलनामा ९७.३१ प्रतिशतले बढी हो । यस वर्षको फागुन मसान्तसम्ममा भने कम्पनीहरुले लघु जीवन बीमा मार्फत १ अर्ब ६४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

करिव ४१ लाख म्यादी जीवन बीमालेख बिक्री, साढे ८७ करोड प्रिमियम

चालु आवको आठ महिनामा म्यादि जीवन बीमा व्यवसाय मार्फत कम्पनीहरुले ८७ करोड ६३ लाख बढी बीमा शुल्क आर्जन गरेका छन् । चालु आवको फागुन मसान्तसम्ममा कम्पनीहरुले म्यादि जीवन बीमा तर्फ ४० लाख ८८ हजार १७२ वटा पोलेसी बिक्री गरेका छन् ।

गत आवको समिक्षा महिनासम्ममा भने कम्पनीहरुको यस्तो बीमालेख बिक्री ४३ लाख ७ हजार ५३६ वटा रहेको थियो । गत आवको फागुन मसान्तसम्ममा सो बीमा व्यवसाय मार्फत कम्पनीहरुले १७ करोड ८६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

साढे १९ लाख बढी सावधिक जीवन बीमालेख बिक्री

चालु आवको आठ महिनामा सावधिक जीवन बीमा अन्तर्गत कम्पनीहरुले १९ लाख ६२ हजार २७९ पोलेसी बिक्री गरेका छन् । कम्पनीहरुले यस्तो जीवन बीमालेख बिक्रीबाट ३६ अर्ब २९ करोड २५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । गत आवको समिक्षा अवधिमा भने कम्पनीहरुले सावधिक जीवन बीमा अन्तर्गत २० लाख १२ हजार ९९४ वटा पोलेसी बिक्री गरेका थिए । सो बीमालेख बिक्रीबाट कम्पनीहरुले कुल ३ अर्ब ८३ करोड ७० लाख रुपैयाँ बीमा शुल्क उठाएका थिए ।

यस्तै, चालु आवको आठ महिनामा कम्पनीहरुले ४ लाख ९१ हजार २८ वटा अग्रिम सावधिक जीवन बीमालेख बिक्री गरेका छन् । सो बापतको बीमालेख बिक्रीबाट कम्पनीहरुले २२ अर्ब ५४ अर्ब ५७ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् । गत आवको समिक्षा महिनामा भने कम्पनीहरुले ४ लाख २४ हजार ६०५ बीमालेख बिक्री गरि २ अर्ब ७१ २६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

प्राधिकरणको तथ्याङ्क अनुसार चालु आवको फागुन मसान्तसम्ममा रुपान्तरित सावधिक जीवन बीमा अन्तर्गत ५ लाख १५ हजार ९३९ वटा पोलेसी बिक्री भएको छ । सो बापतको पोलेसी बिक्रीबाट कम्पनीहरुले आठ महिनामा १२ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

यस्तै, बालबच्चा सम्वन्धित सावधिक जीवन बीमा अन्तर्गत कम्पनीहरुले आठ महिनामा १२ लाख ९२ हजार ११ वटा बीमालेख बिक्री गरेका छन् । सो बीमालेख बिक्रीबाट कम्पनीहरुले १३ अर्ब ८७ करोड ३ लाख रुपैयाँ प्रिमियम उठाएका छन् ।

वैदेशिक रोजगारमा गएका नेपाली कामदारको झण्डै १४ लाख बीमालेख सक्रिय

चालु आवको फागुन मसान्तसम्ममा झण्डै १४ लाख वैदेशिक बीमालेख सक्रिय देखिएको छ । सो अवधिमा कम्पनीहरुले १३ लाख ९३ हजार ९५६ वटा वैदेशिक रोजगार म्यादि जीवन बीमालेख बिक्री गरेका छन् । सो बापतको बीमालेख बिक्रीबाट कम्पनीहरुले २ अर्ब २३ करोड १३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

१ लाख २७ हजार आजिवन जीवन बीमालेख सक्रिय, एकल बीमा शुल्कतर्फ २४ हजार बढी

चालु आवको फागुन मसान्तसम्ममा आजिवन जीवन बीमा अन्तर्गत १ लाख २७ हजार ७९० पोलेसी सक्रिय देखिएको छ । सो बीमालेख बिक्रीबाट कम्पनीहरुले कुल २ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यता, एक बीमा शुल्क जीवन बीमा तर्फ भने २४ हजार १९६ वटा बीमालेख बिक्री भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । यस्तो व्यवसाय मार्फत कम्पनीहरुले आठ महिनामा ७६ करोड ६९ हजार ६५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्