आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका ग्राहकहरुलाई माया मेट्रो अस्पतालमा १० प्रतिशत छुट « Arthapath.com
७ श्रावण २०८०, आईतवार

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका ग्राहकहरुलाई माया मेट्रो अस्पतालमा १० प्रतिशत छुट



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रालिबिच सम्झौता भएको छ । सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजिव जोशी र माया मेट्रो अस्पताल प्रा. लिका अध्यक्ष धिरेन्द्र सावदले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, सेयरधनी तथा ग्राहक महानुभावहरुलाई माया मेट्रो अस्पताल प्रा.लि धनगढीमा प्राप्त हुने सेवाहरु जस्तैः एक्सरे यूएसजि, इको लगायतका सेवाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त हुनेछ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै, सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजिव जोशीले माया मेट्रो अस्पतालसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकमहानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने कम्पनीले जानकारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्