निर्जीवन बीमा व्यवसाय: शिखरको ‘नम्वर वान’को ताज कायमै, सलिको र सिद्धार्थको टक्कर, कसको प्रतिस्पर्धी को ? « Arthapath.com
८ श्रावण २०८०, सोमबार

निर्जीवन बीमा व्यवसाय: शिखरको ‘नम्वर वान’को ताज कायमै, सलिको र सिद्धार्थको टक्कर, कसको प्रतिस्पर्धी को ?



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरु एक वर्षमा साढे ४० अर्ब बढीको व्यवसाय गरेका छन् । संचालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा कुल ४० अर्ब ५७ करोड ५२ लाख २८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

कम्पनीहरुले एक वर्षको अवधिमा २८ लाख १६ हजार २२४ वटा निर्जीवन बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा सबैभन्दा धेरै निर्जीवन बीमा व्यवसाय शिखर इन्स्योरेन्स गरेको छ । सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियरबीच कडा टक्कर देखिएको छ । समग्रमा मर्जपछि बनेका कम्पनीहरुको व्यवसायको आकार बढेको पाइएको छ ।

व्यवसायमा शिखरको नम्वर वानको ताज कायमै, साढे ५ अर्बको व्यापार

व्यवसायमा शिखर इन्स्योरेन्स राज कायमै छ । समिक्षा अवधिसम्म आईपुग्दा कम्पनीले सबैभन्दा धेरै बीमा शुल्क आर्जन गरेको छ । शिखरले एक वर्षमा ५ अर्ब ५२ करोड २१ लाख ६५ हजार रुपैयाँको व्यापार गरेको हो । समिक्षा अवधिमा कम्पनीले २ लाख ९८ हजार ६६ वटा निर्जीवन बीमालेख बिक्री गरेको छ । मर्जरमा गई बलिया बनेका कम्पनीले पनि शिखरलाई व्यसायमा भेटाउन सकेका छैनन् । निर्जीवन बीमा व्यवसायमा शिखर अविरल शीर्षस्थानमै रहँदै आएको छ ।

सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियरबीच टक्कर, व्यापारमा साढे करोडको अन्तर

व्यसायमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीबीच कडा टक्कर देखिएको छ । साविकको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा गाभिएर सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) बनेको हो ।

कम्पनीले एक वर्षमा ४ अर्ब ५५ करोड २३ लाख २२ हजार रुपैयाँको व्यापार गरेको छ । गत आवको असार मसान्तसम्म आईपुग्दा सलिकोले ३ लाख ११ हजार ३५८ वटा निर्जीवन बीमालेख बिक्री गरेको छ ।

यता, सिद्धार्थ इन्स्योरेन्स प्रिमियर इन्स्योरेन्स मिलेर बनेको सिद्धार्थ प्रिमियरले पनि ४ अर्ब ५१ करोड ६६ लाख ४२ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीले एक वर्षको अवधिमा ३ लाख ३८ हजार ९६६ वटा निर्जीवन बीमालेख बिक्री गरेको हो ।

सलिको र सिद्धार्थ प्रिमियरको व्यवासयमा कडा प्रतिस्पर्धा देखिएको छ । यी दुई कम्पनीको व्यवासयको अन्तर ३ करोड ५६ लाख ८० हजार रुपैयाँ मात्रै छ ।

मर्जपछि बलियो बन्दै युनाईटेड अजोड, आइजीआई प्रुडेन्सियललाई पच्छ्याउँदै हिमालयन एभरेष्ट

मर्जपछि युनाईटेड अजोड इन्स्योरेन्स व्यवसायमा बलियो देखिएको छ । साविकको युनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको सो कम्पनीले ३ अर्ब ४२ करोड ७३ लाख ७० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले समिक्षा अवधिमा कुल २ लाख ४३ हजार २४० वटा बीमालेख बिक्री गरेको हो ।

यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले पनि एक वर्षमा ३ अर्ब ३९ करोड रुपैयाँ बढीको व्यवसाय गरेको छ । कुल २ लाख ४६ हजार ८१९ वटा बीमालेख बिक्री गरेको हो ।

यता, हिमालयन एभरेष्ट पनि व्यवासयमा अब्बल नै देखिएको छ । कम्पनीले पनि एक वर्षमा ३ अर्ब ३५ करोड ३९ लाख १७ हजार रुपैयाँको व्यापार गरेको छ । हिमालयनले एक वर्षमा २ लाख ६२ हजार ६९८ वटा निर्जीवन बीमालेख बिक्री गरेको छ ।

नेको र एनएलजीसहित चार वटा व्यवसाय २ अर्बमाथि

समिक्षा अवधिमा चार वटा निर्जीवन बीमा कम्पनीको व्यवसाय २ अर्ब माथि देखिएको छ । एक वर्षमा नेको इन्स्योरेन्सले कुल २ अर्ब ९२ करोड २४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । नेकोले गत आवको असार मसान्तसम्म आईपुग्दा कुल २ लाख ९७ हजार १५४ वटा बीमालेख बिक्री गरेको छ ।

यस्तै, एनएलजी इन्स्योरेन्सले एक वर्षमा २ अर्ब ४० करोड ५४ लाख ८६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले २ लाख १ हजार ८१६ वटा बीमालेख बिक्री गरेको हो ।

समिक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनीले १ लाख ३७ हजार २३ लाख २६ हजार र सानिमा जिआईसीले २ अर्ब ३२ करोड ४४ लाख ८९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यी दुई कम्पनीले एक वर्षमा क्रमश: ५४ हजार ९३३ र १ लाख ८७ हजार ४२ वटा निर्जीवन बीमालेख बिक्री गरेका छन् ।

चार वटा व्यवासय डेढ अर्बमा सिमित

समिक्षा अवधिमा चार वटा कम्पनीको व्यवसाय डेढ अर्बमा सिमित भएको छ । प्रभु, नेपाल, ओरियण्टल र नेशनल इन्स्योरेन्स कम्पनीको व्यवसाय २ अर्ब भन्दा कम छ ।

समिक्षा अवधिमा प्रभुले १ अर्ब ६५ करोड ८७ लाख ७७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । प्रभुले एक वर्षमा १ लाख १८ हजार ६३० वटा बीमालेख बिक्री गरेको हो ।

यस्तै, नेपाल इन्स्योरेन्स १ लाख ८१ हजार ३२९ वटा बीमालेख बिक्री गरि कुल १ अर्ब ५८ करोड ५८ लाख ८६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

त्यसैगरि ओरिण्टलले भने ४० हजार २६३ वटा बीमालेख बिक्रीबाट १ अर्ब ५२ करोड ५० लाख २० हजार र नेशनल इन्स्योरेन्स ३३ हजार ९१० वटा बीमालेख बिक्रीबाट १ अर्ब १ करोड ८३ लाख ३१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

एक वर्षमा कुनको व्यवसाय कति ?


प्रतिक्रिया दिनुहोस्