झनै लोकप्रिय बन्दै शिखरको ‘स्याउ खेती बीमा’, क्षतिपूर्ति पाईने भएपछि व्यवसायिक कृषकको बढ्दो आकर्षण « Arthapath.com
९ श्रावण २०८०, मंगलवार

झनै लोकप्रिय बन्दै शिखरको ‘स्याउ खेती बीमा’, क्षतिपूर्ति पाईने भएपछि व्यवसायिक कृषकको बढ्दो आकर्षण



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको स्याउ खेती निकै लोकप्रिय बन्दै गएको छ । शिखरको मौसम सुचकाङ्कमा आधारित स्याउ खेती बीमामा पछिल्लो समय निकै आर्कषण देखिएको छ ।

शिखरले नेपालमै पहिलो पटक आर्थिक वर्ष २०७२/७३ देखि स्याउ खेतीको बीमा सुरु गरेको थियो । शिखरले कर्णाली प्रदेशको जुम्लाबाट स्याउ खेती बीमा सुरु गरेको थियो । जुम्ला जिल्ला स्याउको अत्याधिक उत्पादन हुने र अर्गानिक स्याउको पहिचान कायम राख्न सफल छ । सोही कारण नै शिखर ईन्स्योरेन्सले स्याउ खेतीको खडेरीको जोखिम र असिनाको जोखिम बहन गर्दै बीमा सुरुवात गरेको थियो ।

पहिलो वर्ष स्याउ खेतीको बीमालेखमा ४१ जना कृषक आवद्ध भएको थिए । ती कषकले २ हजार १८६ वटा स्याउको विरुवाको बीमा गरेका थिए । तर, पछिल्लो समयमा यसतर्फ कृषकको आवद्धता र आकर्षण दुवै बढेको छ । हाल शिखरले कर्णालीको जुम्ला, मुगु र कालीकोटमा स्याउ खेतीको बीमा गर्दै आएको छ । हालसम्म आउँदा आ.व. २०७९/८० मा स्याउ खेती बीमालेखमा ५ हजार ४९ जना कृषक आवद्ध भएको शिखर इन्स्योरेन्सका महाप्रवन्धक उदित प्रसाद काफ्लेले बताए ।

पछिल्लो समयमा किसानहरुमा स्याउ बीमाप्रति चासो र आकर्षण बढ्दो छ । ‘सरकारी अनुदान, बीमा सचेतना लगायतका कारण पनि त्यस क्षेत्रका किसानहरु ढुक्कसंग स्याउ खेती गर्न थालेका छन् । मौसम सुचकाङ्कमा आधारित स्याउ खेती बीमा कृषकमाँझ लोकप्रिय बन्दै गएको छ’–महाप्रवन्धक काफ्लेले भने ।

तथ्याङ्क अनुसार सुरुवाती वर्षदेखि हालसम्म आईपुग्दा स्याउ खेती बीमामा आवद्ध व्यवसायिक किसानको संख्या १२३।१४ गुणाले वृद्धि भएको हो । गत आव २०७९/८० सम्म आईपुग्दा ९ लाख २६ हजार ३७१ स्याउको विरुवाको बीमा गरिएको छ । हालसम्म भने कुल १८ लाख ५८ हजार ९५२ बोटको बीमा गरिएको शिखरले जनाएको छ ।

स्याउ खेती बीमा सुरु गरेको दोस्रो वर्ष अर्थात आव २०७३/७४ मा ३५१ जना कृषक आवद्ध दिए । सो आवमा ६ हजार ९९६ बढी स्याउको विरुवाको बीमा गरिएको थियो । यस्तै, आव २०७४/७५ मा थप ८३५ जना वृद्धि भई सो वर्ष १ हजार १८६ पुगेको थियो । आवमा २०७५/७६ मा १ हजार ८००, आव २०७६/७७ मा १ हजार ८३१, आव २०७७/७८ मा २ हजार २२८ र आव २०७८/७९ मा ३ हजार ७१५ व्यवसायिक कृषक स्याउ बीमामा जोडिएको थिए ।

नेपालको परिवेशमा पशु र कृषि बीमा नयाँ बीमा योजना हुन । तर, यस्ता बीमा योजनाहरू नबुझेको बीमा कम्पनीहरू हाल कार्यलयमा आवश्यकता अनुसार कृषि विज्ञ नै राखेका छन् । कृषि पशु बीमाबाट मात्रै वार्षिक २ अर्ब भन्दा बढी बीमा शुल्क आर्जन हुने तथ्याङ्क छ । पछिल्लो समय बीमाको आकर्षण र माग व्यवसायीक कृषकबाट निकै उच्च छ । विशेषगरि ग्रामिण घरेलु कृषकले समेत लाभ पाएको देखिएको छ । कृषि जोखिम व्यवस्थापनको बलियो आधार भनि सरकारबाट अनुदान उपलब्ध भएको र नियामक निकाय नेपाल बीमा प्राधिकरण, विभिन्न बीमा कम्पनीले गरेको बीमा सचेतना कार्यक्रमहरूमा समेत जनमानसमा बीमाको माग देख्न सकिन्छ । जसले यस्तो बीमा तर्फ थप आकर्षण चुलिँदै गएको छ ।

यद्यपि, जोखिम अनुसार कृषि बीमाको बीमाशुल्क दर व्यवहारिक नभएको काफ्लेको भनाई छ । उनले भने,–‘सरकारले गरेको हालको बाली बीमाको बीमाशुल्क दर र दावीको मूल्याङ्कन गर्दा बीमा कम्पनीबाट बीमित बालीहरूको दावी भुक्तानी भएको रकमको पुर्नमूल्याङ्कन गरि बीमाशुल्क कुनै बीमालेखमा घटनुपर्ने र कुनैमा बद्नुपर्ने देखिएको छ । पहिले बीमा शुरु गर्दा बीमा कम्पनीसंग आवश्यक विवरणहरु थिएन त्यसैले पुर्न बीमा गर्न नसकि बीमा कम्पनीहरुले सहंबीमा गर्दे जोखिम व्यवस्थापन गरेका थियौ, पछि पुर्न बीमा समेत गर्न सकियो आज हामीसंग कृषि बीमाको दशकको ईतिहास छ, अब बीमालेखमा समय सापेक्ष परिवर्तनहरु गरी आवश्यकता अनुसार नँया बीमालेख बनाउदै नेपाली माटोको उत्पादनलाई बीमाबाट सुरक्षित गरि कृषिमा लगानी आकर्षित गर्दै कृषि उत्पादनलाई वृद्धि गर्न कृषि बीमाको मुल उद्देश्यहरुमा केन्द्रित रहि बीमाको दायरा बढाउदै अघि बद्ने दिन सुरु भएको छ । ‘

हालसम्म १६ करोड ३६ लाख रुपैयाँ बढीको स्याउ बीमा गरिएको छ । तर, असिना, खडेरी लगायका कारण सो बीमा मार्फत १६ करोड ११ लाख रुपैयाँभन्दा बढी दावी भुक्तानी दिइएको शिखर इन्स्योरेन्सका कृषि तथा लघुबीमा विभागका एसिसटेन्ट म्यानेजर सार्थक राज पाण्डेले बताए ।

शिखरले कृषकको घरदैलोमै गएर दावी भुक्तानी दिने गरेको छ । असिना र सुख्खा खडेरीले क्षति पुर्याउँदा तथा स्याउ उत्पादन घट्दा घाटा व्यहोरेका किसानले बीमा रकम पाउँदा यस तर्फ आकर्षण बढ्दै गएको म्यानेजर पाण्डेको भनाई छ । उनले भने,– असिना र सुख्खा खडेरीले क्षति पुर्याएका तथा स्याउ उत्पादन घट्दा घाटा व्यहोेरेका किसानले बीमा रकम पाउने गर्छन् । बीमा बापतको रकम पाउँदा कृषकलाई पनि थप लगानी गर्न प्रोत्साहन हुन्छ । अहिले कृषकहरुले ढुक्कसंग खेती गरिरहेका छन् ।’

असिना र खडेरी परेर स्याउ उत्पादनमा कमी आएपछि बीमा गराएका किसानले क्षतिपूर्ति पाउने गर्छन् । बीमा स्वरुप क्षतिपूर्ति पाउने भएकाले स्याउखेती बीमा गर्न किसानहरुको आकर्षण बढ्दो छ ।


प्रतिक्रिया दिनुहोस्