नेको इन्स्योरेन्सले पारित गर्यो २५ प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव « Arthapath.com
१९ आश्विन २०८०, शुक्रबार

नेको इन्स्योरेन्सले पारित गर्यो २५ प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव



काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । शुक्रबार कम्पनीको विशेष साधारण सभाले उक्त हकप्रद सेयर निष्काशनको प्रस्ताव बहुमतले पारित गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल बीमा प्राधिकरणबाट अनुमति पाएको थियो । कम्पनीको सञ्चालक समितिले २५ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारितका लागि विशेष सधारणसभामा पेश गरेको थियो । सोही प्रस्ताव शुक्रबार विशेषसाधारण सभाबाट बहुमतले पारित गरेको हो ।

हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ छ ।

यसका साथै कम्पनीको विशेषसाधारण सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन प्रस्ताव पारित गरेको छ । उक्त संशोधनहरुमा नियामक निकायहरुबाट कुनै फेरबदल वा परिमार्जन गर्न सुझाव भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्बन्धी सम्पुर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।


प्रतिक्रिया दिनुहोस्