एक महिनामा जीवन बीमा कम्पनीले गरे १२ अर्बको ब्यवसाय, कुनको कति ? « Arthapath.com
२० पुष २०८०, शुक्रबार

एक महिनामा जीवन बीमा कम्पनीले गरे १२ अर्बको ब्यवसाय, कुनको कति ?



काठमाडौं । एक महिना मै जीवन बीमा कम्पनीहरुले १२ अर्ब रुपैयाँको ब्यवसाय गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ अनुसार मंसिर महिनामा मात्र जीवन बीमा कम्पनीहरुले १२ अर्ब ३१ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

मंसिर महिनामा मात्र जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क २ अर्ब ३४ करोड ९५ लाख रुपैयाँ र नवीकरण बीमा शुल्क मार्फत ९ अर्ब ९६ करोड १२ लाखरुपैयाँ आर्जन गरेका छन् ।

मंसिरमा मात्र सबै भन्दा बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले सो अवधिमा ३ अर्ब ३२ करोड ३१ लाख रुपैयाँको बीमा ब्यवसाय गरेको हो ।

दोस्रो स्थानमा नेशनल लाइफले १ अर्ब ८६ करोड ८७ लाख रुपैयाँ, तेस्रो स्थानमा हिमालयन लाइफले १ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ, चौथो स्थानमा एलआइसी नेपालले १ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ र सूर्य ज्योति लाइफले ६९ करोड ६२ लाख रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन् ।

साथै, मंसिरमा मात्र बीमा शुल्क आर्जन गर्ने कम्पनीमा एशियन लाइफले ६५ करोड ९७ लाख रुपैयाँ, मेट लाइफले ४७ करोड ७३ लाख रुपैयाँ, सानिमा रिलायन्सले ४७ करोड ३९ लाख रुपैयाँ, सिटिजन लाइफले ४५ करोड २१ लाख रुपैयाँ, आइएमई लाइफले ३३ करोड ४३ लाख रुपैयाँ, सन नेपाल लाइफले ३२ करोड ११ लाख रुपैयाँ, रिलायब नेपाल लाइफले ३१ करोड ९८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३० करोड २२ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले २९ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

.


प्रतिक्रिया दिनुहोस्