सूर्यज्योति लाइफले डाक्यो साधारण सभा, ३५ प्रतिशत लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ? « Arthapath.com
२ बैशाख २०८१, आईतवार

सूर्यज्योति लाइफले डाक्यो साधारण सभा, ३५ प्रतिशत लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?



काठमाडौं । आफ्ना लगानीकर्ताहरुका लागि बम्बर लाभांश घोषणा गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा बोलाएको छ।

कम्पनीले आगामी वैशाख २१ गते वार्षिक साधारण सभा गर्ने भएको हो । सभमा लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेन्डा रहेको छ । यो वर्ष कम्पनीले आफ्ना सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही प्रस्ताव सभामा पेश भई पारित हुनेछ ।

बोनस सेयरपछि कम्पनीको पुँजी वृद्धि हुनेछ । पुँजी वृद्धि भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका एजेन्डा छन् ।

सभामा गत आव २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल, चालु आव २०८०÷८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण हुनेछ । सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज हुनेछ ।


प्रतिक्रिया दिनुहोस्