आइएमई लाइफको लाभांश संशोधन, अब कति दिने भयो बोनस र नगद ? « Arthapath.com
२३ बैशाख २०८१, आईतवार

आइएमई लाइफको लाभांश संशोधन, अब कति दिने भयो बोनस र नगद ?



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन भएको छ । कम्पनीले यसअघि आफ्ना सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश संशोधन भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र करसहित ९.५० प्रतिशत नगद गरी कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर, कम्पनीले बोनस सेयरलाई यथावत राख्दै नगद लाभांश घटाएको हो । अब कम्पनीले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद गरी कुल २६.१३५८ प्रतिशत मात्र लाभांश वितरण गर्ने भएको छ ।

नियामक नेपाल बिमा प्राधिकरणले हाललाई कर प्रयोजन बाहेक अन्य कुनै पनि नगद लाभांश वितरण नगर्न निर्देशन दिएको छ । सोही निर्देशन अनुसार नै वैशाख २१ गतेको सञ्चालक समिति बैठकमार्फत लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्