अभिकर्ता प्रोत्साहनमा आइएमई लाइफको फरक ट्रिक, दियो बाइकदेखि सुनसम्मको उपहार
काठमाडौं । आइएमई इन्स्योरेन्सले आफ्ना उत्कृष्ट अभिकर्ताहरुका मनोबल उच्च राख्न भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ ।
गत पौष महिनामा लागू गरेको मासिक योजना अन्तर्गतको सम्पूर्ण कुपन बिजेताहरुलाई सहभागी गरिएको थियो ।
आज अर्थात् असोज १६ गते बुधवार कम्पनीको केन्द्रिय कार्यालयबाट आयोजित कार्यक्रममा जुम मीट मार्फत प्रत्यक्ष प्रसारण गरी देशभरिका अभिकर्ता, ग्राहक र कर्मचारीको उपस्थितिमा बिजेताको नाम घोषणा गरेको छ ।
प्रथम हुने एक जनालाई १२५ सीसीको हिरो मोटरसाइकल एक जनालाई प्रदान गरेको छ । कम्पनीका अनुसार दोस्रो हुनेले आइफोन १३ र तेस्रो हुनेले ५ ग्राम सुन प्राप्त गरेका छन् । उक्त योजना अन्तर्गत १५ जनालाई सान्त्वना पुरस्कारमा विद्युतिय हिटर प्रदान गरिएको थियो ।
साथै आगामी दिनमा पनि अभिकर्ताको मनोबल उच्च राख्न र काममा प्रेरित गर्न यस्ता किसिमका उपहार कार्यक्रम आयोजना गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।