मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपालबीच सम्झौता « Arthapath.com
९ माघ २०७६, बिहीबार

मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपालबीच सम्झौता



काठमाडौं । मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपालबीच रेमिट्यान्स भुक्तानिको सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम रेमिट टु नेपालमा आएको रकम मुक्तिनाथ रेमिटको करिब चार हजार एजेण्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।
उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र रेमिट टु नेपालको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सन्तोष भेटवालले हस्ताक्षर गरे । यस सुविधाबाट बैंकका सेवाग्राहीलाई थप लाभ हुने बैंकले अपेक्षा गरेको छ ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १ सय ३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवाहरु प्नि प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्