सुनको मूल्य बढेको बढ्यै, मंगलबार २ सय रुपैयाँले बढ्यो « Arthapath.com
२७ फाल्गुन २०७६, मंगलवार

सुनको मूल्य बढेको बढ्यै, मंगलबार २ सय रुपैयाँले बढ्यो



काठमाडौं । नेपाली बजारमा मूल्य आइतबार तोलामा ८२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार २०० रुपैयाँ बढेर ८२ हजार ७०० रुपैयाँमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मगलबार स्थानीय बजारमा तेजाबी सुनको मूल्य ८२ हजार ४०० रुपैयाँ कायम गरिएको छ । साताको मध्य दिनमा मगलबार चाँदी तोलामा १० रुपैयाँले घटेको छ ।

आइतबार चाँदी ८९० रुपैयाँमा कारोबार भएको चाँदी आज ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्