सुनको मूल्य तीन हजारले घट्यो, कति छ तोलाको ? « Arthapath.com
३० फाल्गुन २०७६, शुक्रबार

सुनको मूल्य तीन हजारले घट्यो, कति छ तोलाको ?



काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य शुक्रवार घटेको छ । कोरोना भाईरसका कारण दैनिक बढिरहेको सुनको मूल्यमा तीन हजारले घटेको छ । सुनको मूल्य शुक्रवार ३ हजार रुपैयाँ घटेको हो ।

विहीवार तोलाको ८१ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन यसै हप्ता मंगलबार अहिलेसम्मकै उच्च तोलाको ८२ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले नेपाली बजारमा पनि सुनको मूलय घटेको हो । चाँदी पनि आज तोलामा ४० रुपैयाँ घटेर ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्