उपत्यकामा कोरोनाको जोखिम उच्च, ७० प्रतिशत संक्रमित उपत्यकाका « Arthapath.com
१८ आश्विन २०७७, आईतवार

उपत्यकामा कोरोनाको जोखिम उच्च, ७० प्रतिशत संक्रमित उपत्यकाका



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दो रहेको छ ।
उपत्यकामा आज मात्रै १५ सय ९९ जना संक्रमित थपिएका छन ।

उनीहरुमध्ये काठमाडौंका १३ सय ७३ जना, ललितपुरका १ सय ८७ र भक्तपुरका ३९ जनामासंक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

आज थपिएका हरु देशभरि थपिएकामध्ये झन्डै ७१ प्रतिशत हो । आइतबार नेपालभर २२५३ जनामा कोरोना संक्रमण देखिएको थियो।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने १ हजार ३ सय २९ जना निको भएका छन्।


प्रतिक्रिया दिनुहोस्