बीमा समितिको यस्तो आयो निर्देशन, १० कर्मचारी मात्रै उपस्थित हुने, बिहीबारदेखी पहेँलाे पास अनिवार्य « Arthapath.com
२९ बैशाख २०७८, बुधबार

बीमा समितिको यस्तो आयो निर्देशन, १० कर्मचारी मात्रै उपस्थित हुने, बिहीबारदेखी पहेँलाे पास अनिवार्य



उषा रेग्मी

काठमाडौं । कोरोना माहामारी बढेको भन्दै बीमा समितिले मातहतका बीमा कम्पनीहरुलाई बुधबार नयाँ निर्देशन जारी गरेको छ

बीमा समितिले जारी गरेको निर्देशन अनुसार भोली बिहीवारदेखी एउटा इन्स्योरेन्स कम्पनीमा १० जना मात्रै उपस्थिती भएर कार्यसम्पादन गर्न भनेको छ ।

इन्स्योरेन्स कम्पनीले अव शाखाबाट दिने सेवा केन्द्रीय कार्यालयबाटै दिन निर्देशन दिएको छ । काठमाडौं उपत्यकामा सबै बीमा कम्पनीलाई पहेँलो पासको व्यवस्था गर्ने जनाएको छ ।

यसअघि बीमा समितिले प्रत्येक कम्पनीको लागी १५ ओटाको दरले पासको व्यवस्था गरेको थियो । कम्पनीहरुले सोही पासको आधारमा प्रायः शाखा खोलेर सेवा दिइराखेका थिए ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार भिडभाड नगर्न र सकेसम्म अनलाइनबाटै प्रिमियम तिर्न निर्देशन दिएको छ । बीमितको लागी प्रिमियम तिर्न नसकेको हकमा निषेधाज्ञा खुलेको १५ दिनको व्याज नलिन पनि बीमा समितिले निर्देशन दिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्