नेपाल बङ्गलादेश क्यापिटलको १९ प्रतिशत नगद लाभांश पारित « Arthapath.com
१८ आश्विन २०७८, सोमबार

नेपाल बङ्गलादेश क्यापिटलको १९ प्रतिशत नगद लाभांश पारित



नेपाल बङ्गलादेश क्यापिटलको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको छ ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ ३१, मा समाप्त भएको वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आव. २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरेको छ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १ सय ११ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण गर्न लेखा परीक्षण समितिको सिफारिस मुताबिक लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको सर्त तोक्ने प्रस्तावहरू पारित गरेको छ भने कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित भएको छ । 

नेपाल बङ्गलादेश क्यापिटलको साधारण सभा आज इन्द्रेणी फुडल्याण्ड, बानेश्वर, काठमाण्डौंमा सम्पन्न गरेको हो ।


प्रतिक्रिया दिनुहोस्