मंगलबार सुन एकैदिन १६ सय रुपैयाँले घट्यो « Arthapath.com
७ मंसिर २०७८, मंगलवार

मंगलबार सुन एकैदिन १६ सय रुपैयाँले घट्यो



काठमाडौ. । आज मंगलबार नेपाली बजारमा सुनको मुल्य १६ सयले घटेको छ । नेपाल सुनचाँदी वयवसयाी महासंघका अनुसार आज सुन १ हजार ६ सयले घटेर छापावाला सुन प्रतितोला ९२ हजार ३ सय र तेजावि सुन ९१ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सोमबार छापावाला सुन ९३ हजार ९ सय र तेजावि सुन ९३ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदी १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्