भारी अङ्कले घटेको बजारमा १० कम्पनीका लगानीकर्ताले कमाए « Arthapath.com
१२ मंसिर २०७८, आईतवार

भारी अङ्कले घटेको बजारमा १० कम्पनीका लगानीकर्ताले कमाए



काठमाडौँ ।  साताको पहिलो दिन आज आइतबार शेयर बजार भारी अङ्कले गिरावट आएको छ । बजार ८० अङ्कले ओरालो लागे पनि १० कम्पनीका लगानीकर्ताले ९ प्रतिशतसम्म कमाएका छन् ।यस दिन आईसियफसि फाइनान्सका लगानीकर्ताले ९.७८ प्रतिशतका दरले कमाएका छन् । त्यसैसरि सामलिङ पावरका लगानीकर्ताले ८.२१ प्रतिशत कमाएका छन् । 

आइतबार निर्धन उत्थान लघुवित्त नेपाल एसविआई बैङ्क, सानीमा जनरल इन्स्योरेन्स लक्ष्मी ईक्विटि फन्ड, कुमारी बैक, आरविवि मअचुअल फन्ड, सनराइज बैङ्कका लगानीकर्ताले कमाएका हुन ।

त्यसैगरी २ सय कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज हिमालय पावर पार्टनर र मानुषी लघुवित्त र प्राइम लाइफ इन्स्योरेन्सका  लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले क्रमशः ८.४९,८.०९ र ७.३४ प्रतिशतका दरले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्