आज सुन–चाँदीको मूल्यमा गिरावट « Arthapath.com
२२ श्रावण २०७९, आईतवार

आज सुन–चाँदीको मूल्यमा गिरावट



काठमाडौं । आइतबार सुन–चाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य प्रतितोला ५०० र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ८०० र तेजाबी सुनको मूल्य ९६ हजार ३०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मुल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २०५ रुपैयाँ छ । जुन, गत शुक्रबार १ हजार २२० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्