प्रतितोला २ सय रुपैयाँले सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्यो « Arthapath.com
२६ आश्विन २०७९, बुधबार

प्रतितोला २ सय रुपैयाँले सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्यो



काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ सय रुपैयाँले बढ्दै ९४ हजार २ सय रुपैयाँ पुगेको हो ।

मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै बढ्दै ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनमा मूल्यमा १५ रुपैयाँले घट्दै प्रतितोला एक हजार २ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्