विलासी वस्तुको आयात प्रतिबन्ध मंसिर २९ गतेसम्म लम्ब्याइयो « Arthapath.com
२८ आश्विन २०७९, शुक्रबार

विलासी वस्तुको आयात प्रतिबन्ध मंसिर २९ गतेसम्म लम्ब्याइयो



काठमाडौं । सरकारले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त बस्तुको प्रतिबन्धलाई मंसिर २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिती माथिको दबाव कायमै रहेको राय दिएपछि वाणिज्यले आयात प्रतिबन्ध थप गरिएको हो ।

विदेशी मदिरा, ३ सय डलरभन्दा बढीको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल र जीप कार भ्यानको आयातलाई अझै ६२ दिन लम्ब्याउन सिफारिस गरेको हो ।

यसअघि सरकारले असोज २८ गतेसम्म महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकल आयातमा प्रतिबन्ध लगाइएको थियो ।


प्रतिक्रिया दिनुहोस्