सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य « Arthapath.com
५ श्रावण २०८०, शुक्रबार

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य



काठमाडौं । साताको अन्तिम कारोबारको दिन छपावला सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको छ। शुक्रबार छापावला सुनको मूल्य प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन (बिहीबार) १ लाख १३ हजार छ सय रुपैयाँका कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला एक लाख १२ हजार २५० रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । आज प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्