सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
७ श्रावण २०८०, आईतवार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको छ । आइतबार छापावला सुनको मूल्य प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन (शुक्रबार) छापावला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला एक लाख ११ हजार ७५० रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन एक लाख १२ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । आज प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्