सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य « Arthapath.com
११ श्रावण २०८०, बिहीबार

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य



काठमाडौं । साताको पाँचौ कारोबारको दिन सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ ।

बिहीबार (आज) छापावला सुनको मूल्य प्रतितोला एक लाख १३ हजार पाँच सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन बधबार छापावला सुन प्रतितोला १ लाख १२ हजार सात सय रुपैयाँमा कारोबार खरिद बिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला एक लाख १२ हजार ९५० रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्