सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
३२ श्रावण २०८०, बिहीबार

सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको पाँचौ कारोबारको दिन सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावला सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो भने आज छापावला सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँमा खरिद बिक्री चएके छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजावी सुनकोे मूल्य प्रतितोला एक लाख ९ हजार ८५० रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रततिोला एक हजार ३७० रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन प्रतितोला एक हजार ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्