आज कति छ सुनचाँदीको भाउ ? « Arthapath.com
४ भाद्र २०८०, सोमबार

आज कति छ सुनचाँदीको भाउ ?



काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख १० हजार ३०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन अर्थात साताको पहिलो कारोबार दिन पनि सोही मूल्य निर्धारण भई कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ९ हजार ७५० रुपैयाँ तोकिएको छ ।

यस्तै, आइतबार प्रतितोला १ हजार ३९० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज पनि सोही मूल्य कायम भएको छ । सोमबार पनि सोही मूल्यमा किनबेच हुने महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्