कालिमाटी तरकारी बजारले तोक्यो प्याजको मूल्य, प्रति केजि कति ? « Arthapath.com
७ भाद्र २०८०, बिहीबार

कालिमाटी तरकारी बजारले तोक्यो प्याजको मूल्य, प्रति केजि कति ?



काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्याजको मूल्य निर्धारण गरेको छ । मंगलबार र बुधबार मूल्य निर्धारण नगरेको समितिले आज भने तोकेको छ ।

आजको मूल्यसूचीमा भारतीय सुकेको प्याजको मूल्य न्यूनतम ७५ रुपैयाँ र अधिकतम ८० रुपैयाँ प्रतिकेजी कायम गरिएको छ । भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएपछि नेपालमा व्यापारीले प्याज आयात रोकेका थिए ।


प्रतिक्रिया दिनुहोस्