यस्तो छ शुक्रबार सुनचाँदीको मूल्य « Arthapath.com
८ भाद्र २०८०, शुक्रबार

यस्तो छ शुक्रबार सुनचाँदीको मूल्य



काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहिबार तोलामा पाँच सय रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ११ हजार १०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहिबार तोलामा एक हजार ४६० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा १० रुपैयाँले घटेर एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्