फेरि महँगिन थाल्यो सुनको मूल्य, आज प्रतितोला कति पुग्यो ? « Arthapath.com
१३ भाद्र २०८०, बुधबार

फेरि महँगिन थाल्यो सुनको मूल्य, आज प्रतितोला कति पुग्यो ?



काठमाडौं । बुधवार छापावाला सुनको भाउ वृद्धि भएको छ । आज एकैदिन प्रतितोला ८०० रुपैयाँले वृद्धि बढेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन अर्थात मंगलबार १ लाख ११ हजार ७०० रुपैयाँमा छापावाला सुनको किनबेच भएको थियो ।

महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख ११ हजार ९५० रुपैयाँ तोकिएको छ ।

यस्तै, साताको चौथो कारोबार दिन चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले वृद्धि भई १ हजार ४८५ रुपैयाँ कायम भएको छ । तर, मंगलबार भने १ हजार ४६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्