आज सुन किन्नेलाई फाइदा, तोलामा तीन सय रुपैयाँले ओरालो « Arthapath.com
१९ भाद्र २०८०, मंगलवार

आज सुन किन्नेलाई फाइदा, तोलामा तीन सय रुपैयाँले ओरालो



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा तीन सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १२ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, सोमबार प्रतितोला एक हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार भने तोलामा २० रुपैयाँले घटेर एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्