‘कान्तिपुर मल’मा १ हजारको सामान किन्दा यामाहा बाइक र स्कुटर जित्ने मौका, यस्ता छन् अफरहरु « Arthapath.com
१ आश्विन २०८०, सोमबार

‘कान्तिपुर मल’मा १ हजारको सामान किन्दा यामाहा बाइक र स्कुटर जित्ने मौका, यस्ता छन् अफरहरु



काठमाडौं । होमल्याण्ड इनभेष्टमेन्ट कम्पनीद्धारा सञ्चालित कान्तिपुर मलले चाडपर्व लक्षित उपहार योजना ल्याएको छ । दशै, तिहार तथा छठ पर्वलाई लक्षित गरी ‘कान्तिपुर मल दशैं तिहार महोत्सव उपहार योजना २०८०’ सञ्चालन गर्न लागेको हो ।

नयाँ बसपार्कमा विगत १८ वर्षदेखि सञ्चालित कान्तिपुर मलले हरेक यस्ता योजना संचालन गर्दै आएको छ । नयाँ बसपार्क प्रवेश गर्ने मुख्य प्रवेशद्वारको देब्रे साईडमा यस मल रहेको छ ।

काठमाडौँ महानगरपालिका वडा नं २६ नयाँ बसपार्कमा सञ्चालित यस मल पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका यात्रुवर्गका लागि रोजाईको केन्द्र बन्दै आएको छ । लामो समयदेखि यस मलमा ग्राहकले रोजेजस्तै, खोजेजस्तै गुणस्तरीय सामान सुपथ मूल्यमा विक्रिवितरण गर्दै आइरहेका छौं । विस २०६४ सालदेखि नै यस मलले बडादशैँ शुभदिपावली तथा छठ पर्वको अवसरमा उपहार योजना निरन्तर रुपमा सञ्चालन गर्दै कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले बताए ।

उनका अनुसार एक हजारभन्दा बढी मूल्यको सामाग्री कान्तिपुर मलमा खरिद गर्दा एकवटा उपहार कुपन सित्तैमा पाउन सकिने छ । तर, सामान खरिद गर्दा अनिवार्य रुपमा कुपन लिनुपर्ने छ । ‘यो उपहार योजनाको नतिजा हामीले छठ पर्वपछि आगामी मंसीर ११ गते लक्की इमार्फत घोषणा गर्नेछौं र उपहार योजना प्राप्त गरेका व्यक्तिलाई त्यसको एक हप्तापछि पुरस्कार छ’–महाप्रबन्धक निरौलाले भने ।

उपहार योजनाअन्तर्गत प्रथम पुरस्कार १५० सीसीको यमाहा मोटरसाइकल, द्वितीय पुरस्कार ११३ सीसीको यमाहा स्कुटर रहेको छ । यस्तै, तृतीय हुनेले ३२ इन्चको डिएचआई स्मार्ट एलईडी टिभी, चौंथो हुनेले डिएचआई १८५ लीटरको फ्रिज उपहार पाउनेछन् । यस्तै, डिसहोम फाइवर नेट पाँच जनालाई र विभिन्न पुरस्कार रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्