सुनको मूल्यमा रेकर्ड ‘ब्रेक’, कति पुग्यो तोलाको ? « Arthapath.com
६ चैत्र २०८१, बुधबार

सुनको मूल्यमा रेकर्ड ‘ब्रेक’, कति पुग्यो तोलाको ?



काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन अघिल्लो दिनको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर एक लाख ७६ हजार रुपैयाँ पुगेको छ।

मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दुई दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको छ ।

यस दिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया दिनुहोस्