बीमा क्षेत्रकै पहिलो म्युचुअल फण्ड : आजदेखि ‘रिलायबल समृद्धि योजना’ बिक्री खुला, कहिलेसम्म दिने आवेदन ? « Arthapath.com
३ बैशाख २०८२, बुधबार

बीमा क्षेत्रकै पहिलो म्युचुअल फण्ड : आजदेखि ‘रिलायबल समृद्धि योजना’ बिक्री खुला, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । ‘रिलायबल समृद्धि योजना’मा आज अर्थात् बैशाख ३ गतेदेखि आवेदन दिन सकिने भएको छ ।

रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्टले सामूहिक लगानी कोष रिलायबल समृद्धि योजनाको इकाई सार्वजनिक निष्काशन तथा बिक्री खुला गरेको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको छ । यस योजनोका अवधि १० वर्षको हुनेछ । यो नेपाली बीमा क्षेत्रकै पहिलो म्युचुअल फन्ड हो ।

कुल १० करोड इकाईको १५ प्रतिशत अर्थात् १ करोड १५ लाख इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरिएको छ ।

क्यापिटलका अनुसार बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सकिने छ । आवेदन छिटोमा वैशाख ७ गतेसम्म दिन सकिनेछ । तोकिएको समयमा सबै इकाई बिक्री नभएको खण्डमा वैशाख १७ गतेसम्म लम्बिनेछ ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्