‘सानिमा इक्विटी फण्ड–२’ को १२ करोड ५० लाख इकाई बाँडफाँड सम्पन्न « Arthapath.com
५ असार २०८३, शुक्रबार

‘सानिमा इक्विटी फण्ड–२’ को १२ करोड ५० लाख इकाई बाँडफाँड सम्पन्न



काठमाडाैं । सानिमा क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा सञ्चालन हुने यस १० वर्ष अवधि भएको बन्दमुखी योजनाको इकाई बाँडफाँड सम्पन्न भएकाे छ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम रीतपूर्वक आवेदन दिने लगानीकर्ताहरू माझ यो इकाई बाँडफाँड गरिएको हो।

सुरुमा प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरले जम्मा १० करोड इकाई सार्वजनिक निष्कासन गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाइएको थियो। तर, गत वैशाख २४ देखि जेठ ४ गतेसम्म बिक्री खुला गरिएकोमा मागभन्दा अत्यधिक आवेदन प्राप्त भएपछि नेपाल धितोपत्र बोर्डबाट थप बीउ पूँजी लगानी र आकार वृद्धिका लागि असार ३ गते स्वीकृति लिई कुल १२ करोड ५० लाख इकाई बाँडफाँड गरिएको कार्यालयले जनाएको छ।

यस योजनाको कुल आकारमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक सानिमा बैंक लिमिटेड र योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडका लागि सुरक्षित गरिएको छ। जसअन्तर्गत सानिमा बैंकलाई १३ प्रतिशत (१ करोड ३० लाख इकाई) र सानिमा क्यापिटललाई २ प्रतिशत (२० लाख इकाई) छुट्याइएको छ। बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारण तथा संघ संस्थाहरूका लागि निष्कासन गरिएको थियो।

आवेदकहरूले आफ्नो बाँडफाँडको विवरण सीडीएस एन्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित वेबसाइटहरू (www.meroshare.cdsc.com.np, www.iporesult.cdsc.com.np) वा सानिमा क्यापिटलको आधिकारिक वेबसाइट (www.sanimacapital.com) बाट हेर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्