आधा दर्जन म्युचुअल फन्डहरुको घोषणा लाभांश : लक्ष्मी सनराइजका ३ फन्डको आकर्षक, कसले कति दिने ?
काठमाडौं । नयाँ आर्थिक वर्षसँगै लाभांश सिजन सुरु भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा हुन थालेको हो ।
विशेषगरि म्युचुअल फन्डहरुको आफ्ना योजनाका इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा सुरु गरेका हुन् । गत आर्थिक वर्षको मुनाफाबाट हाल आधा दर्जन फन्डहरुको प्रतिफल घोषणा गरेका छन् ।
हालसम्म लक्ष्मी सनराइज क्यापिटल अन्तर्गतका तीन वटा म्युचुल फन्डले लाभांश घोषणा गरेका छन् । यता, सिद्धार्थ क्यापिटल र कुमारी क्यापिटल अन्तर्गत फन्डहरुले पनि लाभांश घोषणा गरेका छन् ।
लक्ष्मी सनराइज अन्तर्गत संचालित ‘सनराइज ब्लुचिप फन्ड’ ले उच्च लाभांश घोषणा गरेको छ । सो फन्ड यो वर्षका लागि १९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । यस्तै, शुभलक्ष्मी कोषले १६ प्रतिशत र लक्ष्मी भ्यालु फन्ड–दोस्रोले १५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
यता, सिदार्थ क्यापिटल अन्तर्गतको सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले ८ प्रतिशत, कुमारी सुनौलो लगानी योजनाले ८.८८ प्रतिशत र एनआइबिएल सहभागिता फन्डले ७ प्रतिशत लाभांश दिने भएको छ ।


















