कारबाही गर्ने चेतावनी पछी निजि अस्पताल खुले « Arthapath.com
१६ चैत्र २०७६, आईतवार

कारबाही गर्ने चेतावनी पछी निजि अस्पताल खुले



दमक। विरामी उपचार नगर्ने र गेटबाट नै विरामी फिर्ता गर्ने अस्पतालहरुलाई कार्वाही गर्ने चेतावनी दिईएपछि शनिबारदेखि अस्पतालहरु खुलेका छन् । ज्वरो क्लिनिकसहित नियमित अस्पताल सञ्चालन गर्न जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल र झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले निर्देशन दिनुभएको थियो । यसको अनुगमन गर्न स्थानीय तहहरुलाई आग्रह पनि गरिएको थियो ।
नीजि अस्पतालहरुले आएका विरामीहरुलाई गेटबाट नै सरकारी अस्पतालमा जान भन्न थालेका थिए । यसले सामान्य विरामीहरु समेतले उपचार नपाएपछि क्लिनिकहरुमा भिड बढेको थियो । अन्य कारणले पनि ज्वरो आउने, रुघाखोकी लाग्ने भएकाले त्यस्ता विरामी पनि अस्पतालले नहेर्ने गरेको गुनासो आएपछि हामीले अस्पतालको सेवालाई शुचारु गर्न निर्देशन दिएका हौं, पोर्तेलले भन्नुभयो ।
झापामा रहेको बिएण्डसी अस्पतालमा पनि शंकास्पद कोरोनाको संक्रमण आंशका गरिएका विरामीको उपचार हुने पनि बताईएको छ । पोर्तेलका अनुसार सरकारी मेची अञ्चल अस्पताल बाहेक सुविधा सम्पन्न उक्त अस्पतालमा पनि कोरोना भाइरस संक्रमणका आंशका गरिएका विरामीको उपचार हुन्छ, उहाँले भन्नुभयो । आवश्यक सामाग्रि प्रदेश तथा केन्द्र सरकारले गर्ने र त्यसका लागि आफुहरुले पहल गरेको पनि उहाँले जनाउनुभयो ।
यसैगरी झापामा क्वारेन्टाइनहरुलाइ सुविधा सम्पन्न बनाउदै थप गर्ने पनि तयारी भएको छ । प्रमुख जिल्ला अधिकारी राणा मगरका अनुसार विश्वमा महामारीको रुप लिँदै गएको अवस्थामा यहाँ पनि तयारीलाइ तिब्र बनाईएको छ । हामी जस्तो सुकै अवस्थाको पनि सामना गर्न तयार बस्नु जरुरी छ, उहाँले भन्नुभयो । दमकको सरकारी अस्पताल दमक अस्पतालमा २ बेडको आइसुलेसन ब्यवस्था भएकोमा शनिबारदेखि नै स्तरोन्नती गरेर ५ बेडको बनाईएको छ ।
यसैबीच, दमक नगरपालिकाले शनिबारदेखि नै नीजि अस्पतालहरुको अनुगमन शुरु गर्न थालेको छ । सर्वसाधारणले उपचार नपाएको गुनासो गरेपछि अस्पतालको अनुगमन शुरु गरेको जनाईएको छ । नगरपालिकाका प्रमुख रोमनाथ ओली सहितको टोलीले अस्पतालहरुको अनुगमन गर्दै अस्पतालका समस्याहरु पनि सुनेको थियो । दमकस्थित लाइफलाइन अस्पताल, आम्दा अस्पताल, एडभान्स अस्पताल, नीजि दमक हस्पिटल, निम्स हस्पिटल, ओम मेची अस्पतालको अनुगमन भएको हो । गोरखापत्र अनलाइन


प्रतिक्रिया दिनुहोस्