भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १९ लाख नाघ्यो « Arthapath.com
२१ श्रावण २०७७, बुधबार

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १९ लाख नाघ्यो



काठमाडौं । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १९ लाख नाघेको बुधवार जनाइएको छ । गत २४ घण्टामा भारतका ५२ हजार ५०९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १९ लाख ८ हजार २५४ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बुधवार जानकारी दिएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ८५७ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३९ हजार ७९५ जना पुगेको छ ।

सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये बाह्र लाख ८२ हजार २१५ व्यक्ति निको भएर फर्किएका छन् । भारतमा मङ्गलवार कोरोना भाइरस निको हुने क्रम ६६।३० प्रतिशतले बढेको पाइएको छ । हाल भारतमा पाँच लाख ८६ हजार २४४ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यका रुपमा रहेको छ । कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडू र तेस्रोमा राजधानी शहरसमेत रहेको दिल्ली राज्य रहेको छ ।


प्रतिक्रिया दिनुहोस्