कोराना संक्रमित भारतीय पूर्वराष्ट्रपति मुखर्जी कोमामा
काठमाडौं । कोरोना भाइरस कोभिड १९ बाट संक्रमित भएका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ ।
बिहीबार बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले उनलाई कोमामा राखिएको जानकारी दिएको छ ।
उनी गएको सोमबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।
उनको ब्रेन सर्जरी पनि गरिएको छ ।
मुखर्जीले आफु कोरोना संक्रमित भएको सामाजिक सञ्जालमार्फत बताएका थिए ।
मुखर्जी सन २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।