भारतमा कोभिड १९बाट मृत्यु हुनेको संख्या करिब ५० हजार पुग्यो

काठमाडौं । भारतमा कोरोना भाइरस कोभिड १९ संक्रमणले ज्यान गुमाउनेका ेसंख्या करिब ५० हजार पुगेको छ ।
अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ४९ हजार ९८० पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै भारतमा हिजो १ कै दिनमा ९४४ जनाको मृत्यु भएको छ ।
२५ लाख ८९ हजार ६८२ जना भारतमा कोरोना भाइरसबाट संक्रमित भएका छन ।
६३ हजार ४८९ नयाँ संक्रमित गएको २४ घण्टामा फेला परेका छन् ।
त्यसैगरी १८ लाख ६२ हजार २५८ संक्रमित डिस्चार्ज भइसकेका छन् ।