भारतमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५८ हजार नाघ्यो « Arthapath.com
९ भाद्र २०७७, मंगलवार

भारतमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५८ हजार नाघ्यो



काठमाडौं । विश्वभर नै महामारीको रुपमा फैलीरहेको कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ५८ हजार नाघेको छ ।


भारतमा कोरोना भाइरसको कारण हालसम्म ५८ हजार ३९० जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८४८ जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म् संक्रमित हुनेको संख्या ३१ लाख ६७ हजार ३२४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा मात्र भारतमा ६० हजार ९७५ नयाँ संक्रमित फेला परेका छन ।


प्रतिक्रिया दिनुहोस्