भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६० हजार नाघ्यो « Arthapath.com
११ भाद्र २०७७, बिहीबार

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६० हजार नाघ्यो



काठमाडौं । विश्वभर महामारीको रुपमा फैलीएको कोरोना भाइरस कोभिड १९ बाट भारतमा ज्यान गुमाउनेको संख्या ६० हजार नाघेको छ ।
भारतमा हालसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६० हजार ४७२ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार २३ जनाको मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ लाख १० हजार २३५ पुगेको छ ।
भारतमा अहिलेसम्म कोरोना भाइरसका २५ लाख २३ हजार ७७२ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् भने सात लाख २५ हजार ९९१ संक्रमित निको हुन बाँकी रहेका छन ।


प्रतिक्रिया दिनुहोस्